वामदेवले भने- दलको निर्देशन मान्छु, एमाले व्यूँतिदा खुशी भएँ – Nepal Press

वामदेवले भने- दलको निर्देशन मान्छु, एमाले व्यूँतिदा खुशी भएँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू दलको निर्देशन भन्दा बाहिर नजाने प्रष्ट पारेका छन् ।

पुस ५ गतेपछि पहिलो पटक पार्टीको आधिकारिक बैठमा सहभागी भएका गौतमले एमाले व्यूँताउने सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको र त्यसलाई आफूले स्वागत गरेको बताए ।

गौतमले आफू संसद विघटन र अविश्वास प्रस्ताव दुवैको विपक्षमा रहेकाले पार्टी एकताको पक्षमा उभिए पनि सफल हुन नसकेको स्वीकार गरे । उनले आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएकाले दलको ह्वीप लाग्दैन भन्ने बुझाइ रहे पनि दलको निर्देशन बाहिर नजाने बताए ।

गौतमले भने, ‘पार्टी त फुटिसकेको थियो । पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा म साक्षी थिएँ । प्रधानमन्त्रीले १९ बुँदे आरोपपत्र फिर्ता लिने र आफूले भनेको प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दा प्रचण्डले मानेनन्। मैले सम्झाउँदा पनि मानेनन् । पार्टी त त्यतिबेलै फुटेको हो,अदालतले हामीलाई बचायो ।


प्रतिक्रिया

One thought on “वामदेवले भने- दलको निर्देशन मान्छु, एमाले व्यूँतिदा खुशी भएँ

  1. पिपलपाते बोली,
    जता दाना त्यतै थाप्छन झोली।

Leave a Reply to Ramesh Bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर