काठमाडौंमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई अडिसन : युवायुवतीको घुइँचो – Nepal Press

काठमाडौंमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई अडिसन : युवायुवतीको घुइँचो

काठमाडौंं । सन् २०१७ को चर्चित दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’को नेपाल रिमेकका लागि शनिबार काठमाडौंमा अडिसन आयोजना गरिएको छ । मीनभवनस्थित एभरेस्ट फिल्म कलेजमा विहानैदेखि युवायुवतीको घुइँचो रह्यो ।

पहिलो दिन एक हजार जनाले अडिसन दिने निर्देशक विशाल सापकोटाले जानकारी दिए । फिल्मका तीन मुख्य कलाकार अर्जुन, प्रीति र शिवको पात्रमा अडिसन दिन नेपाली फिल्मका चलेका नामहरु पनि उपस्थित देखिन्थे ।

काठमाडौंबाहिरका सहरबाट पनि अडिसन दिन युवायुवती आइपुगेका थिए । अर्जुन रेड्डीकै हुलियामा अधिकांश युवा देखिन्थे । निर्देशक विशालसहित अभिनेता सुदाम सिके लगायतले अडिसन लिएका थिए ।

६ महिनापछि छायांकन सुरु हुने फिल्मलाई रिमेक भनिएपनि नामाकरण गरिएको छैन । दुई सातापछि मुख्य कलाकार तय गरिने र त्यसपछि कार्यशाला लगायतका काम अघि बढाइने निर्देशक सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर