नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ – Nepal Press

नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् ।

दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।

उनले भने- छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।

पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए । माधव नेपालहरुले पनि केपी ओलीलाई बिनाशर्त साथ दिनुपर्ने उनको भनाइ थियो ।

चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए । उनी माधव नेपाल पक्षका प्रभावशाली नेता थिए ।

 


प्रतिक्रिया

3 thoughts on “नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

  1. अन्तिमको वाक्यको अन्तिमको शब्द “हुन्” हैन “थिए” हुनु पर्नेहो।

  2. अब सयौं नेता र हजारौ कार्यकर्ताहरु यसरी नै मूलधारमा वा संस्थापन पक्षमा चाडै आउदै छन्।🇳🇵☀️😍♥️🌺🌹💐☀️🙏

  3. अहिलेको अवस्थामा के पी ओलीलाई सबैले साथ दिनुपर्छ । बेकारको इगो साँधेर काम छैन । ओलीको पक्षमा पहिलेदेखि रहेकाले पनि अरुलाई पाहुनाको व्यवहार गर्नु हुँदैन ।

Leave a Reply to राजेन्द्र के.सी. Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर