मृत भेटिएका दुवै किशोर स्कुले विद्यार्थी, शव छेउ भेटियो विषको बोतल – Nepal Press

मृत भेटिएका दुवै किशोर स्कुले विद्यार्थी, शव छेउ भेटियो विषको बोतल

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा मृत फेला परेका दुई किशोरको पहिचान खुलेको छ ।

मृतकमध्ये एक नुवाकोटका १५ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेपलाञ्चोका १६ वर्षीय मंगल तामाङ रहेका छन् ।

मृतकहरुको शव नजिकै सल्फस नामक विषको बोतलसमेत फेला पारेकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान छ । काठमाडौं प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले पोष्टमार्टमपछि एकिन भन्न सकिने बताए ।

उनले नेपालप्रेससँग भने, ‘ती किशोरहरु स्कुलका विद्यार्थी हुन् भन्ने खुलेको छ ।’ उनीहरु काठमाडौंको असनस्थित बाङ्गेमुढामा बस्दै आएका थिए । आज ११ बजे प्रहरीले जंगलमा शव फेला परेको खबर पाएको थियो ।

खबर पाउने बित्तिकै काठमाडौं प्रहरी परिसरको टोली, फेरेन्सिक टोली र महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको थिए ।

घटनाको प्रकृति हेर्दा हत्या भएजस्तो नदेखिने अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । किन आत्महत्या गरे रु भन्ने लगायतका प्रश्नको उत्तर प्रहरीले खोजिरहेको छ । प्रहरीले घटनास्थलमा कुकुरसमेत खटाएको छ ।

घटनास्थलबाट थप शंकाष्पद बस्तु फेला नपारेको र प्रहरीले उनीहरुको परिवारको खोजी गरिरहेको जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

याे पनि

दक्षिणकालीको जंगलमा दुई युवकको शव भेटियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *