विश्वभर ‘बुर्का ब्यान’ बहस, मुस्लिम समुदाय सशंकित – Nepal Press

विश्वभर ‘बुर्का ब्यान’ बहस, मुस्लिम समुदाय सशंकित

इटहरी । गत फागुन ७ (मार्च ७)मा स्विजरल्याण्डमा मुख छोप्ने कपडा लगाउन पाउने कि नपाउने बिषयमा राष्ट्रिय जनमत संग्रह भयो । कोभिड–१९ महामारीले मास्क लाउन अनिवार्य भएको स्थितिमा उक्त जनमत संग्रह भयो ।

जनमत संग्रहमा बहुमतले मुख छोप्ने कपडा लगाउन नपाउने पक्षमा आफ्नो मतदान गरे । फ्रान्सको अन्तर्राष्ट्रिय समाचार आउटलेट फ्रान्स२४का अनुसार मतदातमा ५१.२१ प्रतिशतले मुख छोप्ने कपडा लगाउन नपाउने पक्षमा मतदान गरे ।

मुख छोप्ने कपडा भनेर मतदान गरिए पनि यसको अन्तर्य भने मुस्लिम समुदायले लगाउने बुर्का, हिजाबलागयतका मुख तथा अनुहार छोप्ने कपडाहरुको प्रतिबन्ध भएको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

स्विजरल्याण्डमा कुल ८५ लाख हाराहारी जनसंख्यामध्ये ५.५ प्रतिशत मुस्लिम समुदाय छन् । मूलतः उक्त समुदाय साबिकको युगोस्लाभियाबाट आएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् ।

स्विजरल्याण्डमा सन् २०१९ देखि अनुहार छोप्ने कपडा प्रतिबन्द लाउनुपर्ने पक्षमा आवाज उठेको थियो । प्रत्यक्ष प्रजातन्त्रिक शासन व्यवस्था भएको स्विजरल्यान्डमा स–साना विवादीत राष्ट्रिय मुद्धामा जनमत संग्रह गरिन्छ । त्यहीं प्रचलनमा प्रयोग गर्दै अल्पसंख्यक मुस्लिम समुदायलक्षित उक्त जनमत संग्रह भएको हो । यसलाइ धेरैले ‘बुर्का ब्यान’को रुपमा लिएका छन् ।

‘बुर्का ब्यान’ प्रकरणको स्विजरल्याण्डमा मात्रै भएको होइन, युरोपका फ्रान्स, बेल्जियम र अस्ट्रियामा समेत चर्चा तथा बहस छ । सन् २०१० को सेप्टेम्बर १४ (२०६९ भदौ २९)मा फ्रान्सको सिनेटले अत्यधिक मतका साथ मुस्लिम समुदायले मुख छोप्ने कपडा लाउन नपाउने निर्णय गरेको थियो ।

बिबिसीका अनुसार सिनेटमा भएको मतदानमा २४६ जनाले पक्ष र एक जनाले मात्रै विपक्षमा मतदान गरेका थिए । सिनेटको सेप्टेम्बरको मतदान अगाडि जुलाईमै फ्रान्सको दुवै सदनले उक्त प्रस्ताव पारित गरेको थियो ।

फ्रान्सका तत्कालीन रास्ट्रपति निलोलस सार्कोजीको पालामा भएको उक्त प्रतिबन्धलाई युरोपेली उच्च अदालतमा गरेको अपिल सन् २०१४ मा खारेज भएको थियो । अहिले फ्रान्समा मुख छोप्ने बुर्का, नकाब वा हिजाबलगायतमा कपडाहरु लाउनेलाई २०५ अरेकिडि डलर जरिवाना लाग्ने बिबिसीले उल्लेख गरेको छ ।

फ्रान्सले बुर्का ब्यान गरेको एक वर्षपछि बेल्जियमले पनि गर्यो । सन् २०११ को जुलाइदेखि बेल्जियममा बुर्का प्रतिबन्ध छ । बुर्का लाउनेलाई सात दिनसम्म जेल र १९७ अमेरिकी डलर जरिवाना रहेको बिबिसीले उल्लेख गरेको छ ।

नेदरल्याण्ड, बुल्गेरिया, अस्ट्रिया, डेनमार्कमा पनि बुर्का प्रतिबन्ध छ । नेदरल्यान्ड, बुल्गेरिया, अस्ट्रिया र डेनमार्कमा क्रमशः २००५, २०१६, २०१७ र २०१८ मा बुर्का प्रतिबन्ध भएको जर्मनीको अन्र्राष्ट्रिय समाचार संस्था डचेभेलेले उल्लेख गरेको छ ।

डचेभेलेका अनुसार जर्मनी, नर्वे, इस्टोनिया, लिथुवानिया, ल्यात्भिया जस्ता देशमा समेत बुर्का प्रतिबन्धको बहस शुरु भएको छ । स्पेनका केही स्थानीय तहले प्रतिबन्ध लाउन थालेको उसले उल्लेख गरेको छ ।

दक्षिण एसियामा बुर्का ब्यानको बहस श्रीलंकाबाट

युरोपका मुस्लिमविरोधी पुरातनपन्थीहरुको फेसन भएको बुर्का ब्यानको बहस दक्षिण एसियामा समेत छिरेको छ । श्रीलंकाका उच्च अधिकारीहरुले बुर्का ब्यान हुनेतर्फ सार्वजनिक रुपमा संकेत गर्न थालेका छन् ।

बिबिसीसँग कुराकानीमा एक उच्च अधिकारीले यस्तो छनक दिएका हुन् । उनले टापुको देश श्रीलंकाका सार्वजनिक सुरक्षामन्त्री सराथ वेरासेकाराले केही दिनमै कानुन बन्ने बताएका छन् । यसो भएमा दक्षिण एसियामा श्रीलंका बुर्का ब्यानसम्बन्धी कानुन बनाउने पहिलो देश हुनेछ ।

मुस्लिम समुदाय सशंकित

युरोपबाट शुरु भएर विश्वभर बहस हुन थालेको बुर्का ब्यानसँग मुस्लिम समुदाय सशंकित बनेको छ । बुर्का ब्यान गरेको स्विजरल्याण्डमा ३० जना मात्रै बुर्का लगाउने नागरिक छन् ।

फ्रान्सेली समाचार संस्था एएफपीसँग कुरा गर्दै स्विजरल्याण्डमा मुस्लिम फेमिनिस्ट अभियान संचालन गर्ने इनेश एनशेखले बताएकी छिन् । मुस्लिम समुदायलाई समस्यामा पार्न यस्तो जनमत संग्रह गरेको बताउनेमा मुस्लिम अगुवाहरु मात्रै छैनन्, पर्यटन क्षेत्रमा पनि बुर्का ब्यानको विरोध भएको छ ।

बेलाबेला हुने मुस्लिम अतिवादीको आक्रमण र हिंसाको उदाहरण देखाउँदै सिंगो समुदायलाई तनाव दिनेगरी बुर्का ब्यान भएकोमा धेरैले विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *