जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र – Nepal Press

जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र

काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौं महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।

महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले जानकारी दिए ।

महानगरपालिकाले ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन् । आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ ।

तार भूमिगत गर्न १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीय शारदाप्रसाद वैद्यले आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर