राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ – Nepal Press

राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार दिउँसाे महान्याधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी खरेलले राजीनामा दिएका हुन् ।

केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस चलिरहेका बेला खरेलको राजीनामाको समाचार आएको थियो । उनले त्यसबेला आफूले राजीनामा नदिए पनि कतिपयले मिडियाबाट राजीनामा गराएको भन्दै यसपटक भने आफूले राष्ट्रपति समक्ष राजीनामा पेश गरेको बताए ।

खरेलले भने, ‘आज चाहिँ तपाईंहरूको चाहना पूरा गरेको छु । मैले प्रधानमन्त्रीसँग असहमति भएर वा विमत्ति भएर होइन सल्लाहमा राजीनामा दिएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर