महान्यायाधिवक्ता खरेल एमालेको सक्रिय राजनीतिमै फर्किने – Nepal Press

महान्यायाधिवक्ता खरेल एमालेको सक्रिय राजनीतिमै फर्किने

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेल नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएका छन् ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको जिम्मेवारीबाट पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन् ।

खरेलले आजै पत्रकार सम्मेलन गर्दैछन् । उनले पत्रकार सम्मेलनमै जानकारी दिने भन्दै थप बताउन चाहेनन् । खरेलले यसअघि नै राजीनामा दिन खोजेका थिए । तर, प्रतिनिधिसभा विघटनको मुद्दा त्यहीबेला परेकाले राजीनामा दिएका थिएनन् ।

खरेल नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

महान्यायाधिवक्ता नियुक्त भएपछि उनले राजीनामा दिएका थिए । खरेलले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीका लागि राजीनामा दिन लागेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर