डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार – Nepal Press

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्यकार डा. रवीन्द्र समीर (रवीन्द्र पाण्डे) लाई ‘साहित्य सन्ध्या पुरस्कार’ दिइने भएको छ ।

साहित्य सन्ध्या नेपालले २०७६ को साहित्य सन्ध्या पुरस्कार डा. समीरलाई दिने निर्णय गरेको हो । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा लामो समयदेखि पुर्‍याएको योगदानको कदरसहित उनलाई पुरस्कार दिन लागिएको हो ।

१५ हजार नगर राशीसहितको सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा एक समारोहका बीच प्रदान गरिने साहित्य सन्ध्या नेपालले जनाएको छ ।

डा. समीरका बहुचर्चित मृत्युको आयुलगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् । उनी जनस्वास्थ्यविद् पनि हुन् ।


प्रतिक्रिया

One thought on “डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

  1. प्रशंसनीय कार्य हो । डा. समीर पुरस्कारको लायक व्यक्तित्व हुन् । सही छनौट मान्नु पर्छ ।

Leave a Reply to लता केसी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर