पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड – Nepal Press

पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड

मन्त्री भन्छन्- पर्यटन व्यवसायीको माग बमोजिम सहजीकरण गरिएको छ

काठमाडौं । सरकारले पर्यटन उद्योगलाई चलायमान बनाउन र नेपाल आउने पर्यटकलाई सहजीकरण गर्न कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड खुकुलो बनाएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले पर्यटनमन्त्री भानभुक्त ढकालले लगेको पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड स्वीकृत गरेको हो ।

नयाँ मापदण्ड अनुसार कोभिडविरुद्धको खोप लगाएका पर्यटकहरू नेपाल प्रवेश गरेपछि पर्यटकीय गतिबिधिमा सहभागी हुन पाउनेछन् । उनीहरूले क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।

खोप नलगाएका पर्यटकले भने नेपाल प्रवेश गरेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गरी त्यसको रिपोर्ट नआएसम्म होटल क्वारेन्टानइनमा बस्नुपर्ने नियमत बनाइएको छ । परीक्षण नेगेटिभ आएका पर्यटक पदयात्रा वा पर्वतारोहणमा जान पाउनेछन् ।

पोजेटिभ रिपोर्ट आएकाहरूको हकमा भने अर्को रिपोर्ट नआउन्जेल होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यस्तै पर्यटकहरूका सहयोगी नेपाली सदस्यहरुको एक लाख रूपैयाँको कारोना बीमा सम्बन्धी एजेन्सी वा संस्थाले गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

१६ बुँदे नयाँ मापदण्ड लागू भएसँगै यसअघिका मापदण्ड खारेज भएका छन् । पर्यटन व्यवसायीहरूको माग बमोजिम नै सरकारले पर्यटकीय गतिविधि सहज बनाउन नयाँ मापदण्ड ल्याएको मन्त्री ढकालले बताए ।

यस्तो छ पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड-२०७७


प्रतिक्रिया

One thought on “पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड

Leave a Reply to Rajendra Timalsina Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर