नेपाल सुपर लिग: काठमाडौं रेजर्सको मार्की प्लेयर बिकेश कुथु र मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन – Nepal Press

नेपाल सुपर लिग: काठमाडौं रेजर्सको मार्की प्लेयर बिकेश कुथु र मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का लागि काठमाडौं रेजर्स फुटबल क्लबले मुख्य प्रशिक्षकको रूपमा बालगोपाल महर्जन र मार्की प्लेयरको रूपमा राष्ट्रिय टोलीका गोलकिपर बिकेश कुथुलाई  अनुबन्ध गरेको छ ।

वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि मोरङ अटो वर्क्सले स्थापना गरेको काठमाडौं रेजर्सले बिहीबार पत्रकार सम्मेलनमार्फत्  बिकेश र बालगोपाललाई सार्वजनिक गरेको हो ।

नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ । प्रतियोगितामा ‘सिटी बेस्ड’ सात टोलीको सहभागिता रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *