‘नाइँ नभन्नू ल ६’को लिडमा सलोन बस्नेत, जेठदेखि छायांकन थालनी हुँदै – Nepal Press

‘नाइँ नभन्नू ल ६’को लिडमा सलोन बस्नेत, जेठदेखि छायांकन थालनी हुँदै

काठमाडौं । रुचाइएको फिल्म श्रृंखला ‘नाइँ नभन्नू ल’ छायांकनमा जाने तयारीमा छ । निर्माता एवं निर्देशक विकासराज आचार्यले जेठ पहिलो सातादेखि छैठौं सिक्वेलको छायांकन प्रारम्भ हुने बताए ।

अनुभव रेग्मी र सेड्रिना शर्मा मुख्य भूमिकामा पहिलेदेखि नै छन् । श्रृंखलामा थप कलाकार पनि तय भएका छन् । फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत अनुबन्धित भएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै निर्देशक आचार्यले सलोनलाई प्रमुख भूमिकामा प्रस्तुत गर्न लागिएको बताए । सलोनको जोडी बाँध्ने तयारीमा उनी छन् । तर, सलोनको स्क्रिन कपल को बन्छ भन्ने टुंगो चाहिँ छैन । ‘सलोनको जोडी हुने युवतीको खोजी गरिरहेका छौं’ आचार्यले भने ।

टीकटकमा रुचाइएकी बालिका अल्बिना खड्का समेत फिल्ममा प्रस्तुत हुने भएकी छिन् । फिल्मको प्रदर्शन मिति भने बजार सामान्य बनेमात्र घोषणा गरिने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *