माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने – Nepal Press
एमाले संसदीय दल बैठक

माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

काठमाडौं । नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।


प्रतिक्रिया

One thought on “माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

Leave a Reply to Beg adhikari Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर