माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य जबेगु एमालेमा – Nepal Press

माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य जबेगु एमालेमा

विराटनगर । नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादीको पार्टी सञ्चालन शैलीप्रति असहमति जनाउँदै माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।

जबेगु संविधानसभा सदस्य समेत हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।

माओवादीले जिम्मेवारीविहिन बनाएपछि एमाले प्रवेश गरेको उनले नेपाल प्रेसलाई बताए ।

जबेगुले माओवादी केन्द्रनिकट लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको रूपमा तीन कार्यकाल नेतृत्व गरेका थिए । एमाले प्रवेश गरेका जबेगुको जिम्मेवारीबारे एमालेमा निर्णय भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर