मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय – Nepal Press

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले १० सांसदको उपस्थितिमा बसेको दलको वैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ आज आयोजित पत्रकार सम्मेलनमा कँडेलले भने, ‘आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’

आजको संसदीय दलको वैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पष्टीकरण सोधिने उनले बताए ।

‘कँडेलले भने, ‘किन उपस्थित नभएको हो भन्ने बारेमा लिखित स्पष्टीकण सोध्ने निर्णय गरेका छौ । त्यसका अलावा नेकपा एमालेबाट सरकारमा सहभागि तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेका छौ ।’

सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन बन तथा वातावण मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *