कैलालीमा जुवा तास खेलिरहेका असईसहित ५ जना पक्राउ – Nepal Press

कैलालीमा जुवा तास खेलिरहेका असईसहित ५ जना पक्राउ

कैलाली । कैलालीमा जुवा तास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौरास्थित जङ्गलमा मङ्गलवार साँझ जुवा तास खेलिरहेका अवस्थमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा दिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत असई भट्टसहित ५ जनाको साथबाट ३ लाख ३४ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले बताए ।

भट्ट सहित अन्य पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर