झलनाथको आरोप- एमालेमा गुटबन्दी ओलीले शुरू गरेको हो – Nepal Press

झलनाथको आरोप- एमालेमा गुटबन्दी ओलीले शुरू गरेको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीमा गुटबन्दी नै ओलीले शुरू गरेको दाबी गरे ।

माधव नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै खनालले भने, ‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशब्यापी गुटबन्दी शुरू गरेका हुन् । उनको गतिविधिले पार्टीमा विधि, पद्दति, अनुशासन तोडियो र अराजकता पैदा भयो । वैचारिक काम शून्य हुन थाल्यो । पार्टी दक्षिणपन्थी भासतर्फ गयो ।’

सर्वोच्च अदालतले एमालेको ब्यूँताएपछि पनि ओलीले बालुवाटारमा गुट भेला गरेर एकतर्फी निर्णयहरू गरेको खनालले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर