एमालेमा गुट अदलबदलः नेपाल पक्षका मन्त्रीसहित दुई सांसद संस्थापनतिर – Nepal Press

एमालेमा गुट अदलबदलः नेपाल पक्षका मन्त्रीसहित दुई सांसद संस्थापनतिर

सुर्खेत । माधव नेपाल पक्षका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सांसद पदम रोकाया संस्थापन एमालेतिर लागेका छन् । माधव नेपाल पक्षका उनीहरु आज संस्थापन एमालेतिर लागेका हुन् ।

एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलसँगको छलफलपछि उनीहरु संस्थापन एमालेतिर लाग्ने भएका हुन् । बुढा र रोकाया प्रवेश गरेपछि एमाले संसदीय दलको बैठक बस्दैछ ।

सांसद पद्मा खड्का हिजो माधव नेपाल पक्ष छाडेर संस्थापन एमालेमा लागेकी थिइन् । अब कर्णाली प्रदेशमा संस्थापन एमालेमा सभामुखसहित १२ सांसद हुनेछन् भने माधव नेपाल पक्षमा ८ जना सांसद बाँकि रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर