कर्णाली किनारमा रजनीको शव फेला – Nepal Press

कर्णाली किनारमा रजनीको शव फेला

रासस । आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ ।

गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले अछामको असाराघाट नजिकै कर्णाली नदी किनारमा भेटेको हो ।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए ।

३५ वर्षीय आमा सुकु, १४, ११ र ५ वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा ८ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर