सुरुवालमा लुकाएर भारत लैजाँदै गरेको चरेशसहित महिला पक्राउ – Nepal Press

सुरुवालमा लुकाएर भारत लैजाँदै गरेको चरेशसहित महिला पक्राउ

रुपन्देही । सुरुवालभित्र प्लाष्टिक र निक्यापमा लुकाईछिपाई भारत लैजाँदै गरेको ४ किलो चरेशसहित कपिलवस्तुमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई पक्राउ गरेको हो ।

करिब ४ किलो रहेको लागूऔषध चरेशसहित कृष्णनगर नगरपालिका -२ स्थित बसपार्कबाट भारततर्फ पैदल जाँदै गरेकी रोल्पा परिवर्तित गाउँपालिका- २ राङ्सी बस्ने ३४ वर्षकी पूर्णिमा घर्तिमगरलाई पक्राउ गरेको हो ।

पैदल भारततर्फ जाँदै गरेकी उनलाई खानतलासी गर्दा सुरुवालभित्र प्लास्टिक र निक्यापमा लुकाईछिपाई लैजाँदै गरेको ८ प्याकेट चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले बरामद गरिएको चरेश र पक्राउ परेकी घर्तिमगरमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर