ओलीलाई योगेशको चुनौती – कारबाही भोग्न लामबद्ध छौं, तपाईंलाई इतिहासले कठोर कारबाही गर्नेछ (भिडियो) – Nepal Press

ओलीलाई योगेशको चुनौती – कारबाही भोग्न लामबद्ध छौं, तपाईंलाई इतिहासले कठोर कारबाही गर्नेछ (भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् ।

बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए ।

भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’

भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।


प्रतिक्रिया

One thought on “ओलीलाई योगेशको चुनौती – कारबाही भोग्न लामबद्ध छौं, तपाईंलाई इतिहासले कठोर कारबाही गर्नेछ (भिडियो)

  1. भविष्यमा ओलीका लागि भन्दा भनी तपाँइका लागि दुई थोपा आँशु खसाली दिने मानिस बटुल्नु छ भने कम्तीमा प्रचण्डको पछि नलाग्नुस् ।
    बुझेर नबुझेर जे भए पनि अहिले र निकट भविस्यमा ओलीकाे जति समर्थन र बिश्वास अन्य कुनै नेपाली नेतालाइ छैन । यही कुराबाट तर्सिएर त हाे नी तपाइका नेता प्रचण्ड, माकुने र सर्पनाथहरूले ओलीकाे उदयले निजहरूकाे भविश्य सकिएकाे ठानि बिराेध नै मात्रै गरेकाे ।
    म पनि मान्छु जति हुनु पर्ने त्यसकाे सानाे अंश मात्र भयाे तर तपाइ नै जवाफ दिनुहाेस त ओलीले ३ बर्षमा जति गरे विकास निर्माण र राष्ट्रियताकाे लागि काम गरे २०४७ यता त्यती काम कुन सरकारकाे पालामा भएकाे थियो ?
    २ नं. प्रदेशमा त ओलीकाे ३ बर्षमा भएका बिकास बिगत ३० बर्षमा नभएकाे सगर्भ भन्न सक्छाै हामी । हिजाे राजविराजमा ओलीलाइ ढुंगा हान्न जाने एक जना म पनि हाे । तर अहिले म कुरा बुझ्दैछु । राजनिती बझ्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर