गोकुल बास्कोटाको कटाक्ष– माधव पक्ष फ्लोर क्रस गरेर कम्फरटेबल पार्टीमा विलिन हुन्छ – Nepal Press

गोकुल बास्कोटाको कटाक्ष– माधव पक्ष फ्लोर क्रस गरेर कम्फरटेबल पार्टीमा विलिन हुन्छ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपालको रणनीति समानान्तर कमिटीबाट कार्यकर्ता जम्मा पार्ने र संसदमा प्रधानमन्त्रीविरुद्ध फ्लोर क्रस गरेर पार्टी फुटाउने रहेको दावी गरेका छन् ।

सोमबारको वार्तामा प्रगति नभएपछि बास्कोटाले संसदमा फ्लोर क्रस गरेर कारवाही भोग्ने अनि एमालेमा बस्न टिक्न दिइएन भनेर चुनावका बेला प्रचण्ड नेतृत्वको पार्टीमा विलिन हुने रणनीति माधव नेपाल पक्षको रहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्– माधव रणनीति स्पष्ट छ ,गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०–२० जनाले फ्लो क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लिने र चुनावछेक नेपाल कम्फरटेबल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुनुपर्छ जो अझै अलमलमा छन् । नत्र ४ गते भेला किन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *