बम विस्फोट गराएको आशंकामा मण्डल पक्राउ – Nepal Press

बम विस्फोट गराएको आशंकामा मण्डल पक्राउ

जनकपुरधाम : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आईतबार भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंमा सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका १८ भदैयाका बलराम मण्डल रहेका छन् । उनलाई सीसी क्यामरा फुटेजको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बम विस्फोटमा संलग्न एक युवकलाई सशस्त्र प्रहरीले समातेको पुष्टि गरे । उनले पक्राउ परेका युवकलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाउन लागेको जानकारी दिए ।

बम विस्फोटमा परी मालपोतकै नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाईते भएका थिए । बमले ठूलो क्षति पुर्याएपछि कार्यालय पनि ठप्प भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *