सन्ध्या तिवारीको एमाले जजपामा रुपान्तरण, चुनाव चिन्ह उदाउँदो सूर्य – Nepal Press

सन्ध्या तिवारीको एमाले जजपामा रुपान्तरण, चुनाव चिन्ह उदाउँदो सूर्य

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि साविक एमाले नै ब्युँतिएपछि सन्ध्या तिवारी अध्यक्ष भएको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ ।

निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी छन् । सोमबार केन्द्रीय कमिटी बैठक बसेर नाम परिवर्तनको निर्णय गरिएको उपाध्यक्ष भगवती खड्का युनिकाले बताइन् । पार्टीको दल दर्ता प्रमाणपत्र भने आउन बाँकी छ ।

सो पार्टीको चुनाव चिन्ह भने यसअघि दिइएकै पहाडबाट उदाउँदो सूर्य रहेको छ । अध्यक्ष तिवारी गत शनिबार एमालेको अखिल नेपाल महिला संघले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर