सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपाल आइपुग्यो – Nepal Press

सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपाल आइपुग्यो

कोरोनाविरुद्धको खोप पनि सहयोग गर्ने

काठमाडौं- सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारसहितको १६ सदस्यीय टोली सोमबार बेलुका काठमाडौं आइपुगेको छ ।

बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आइपुगेको हो । बहराइनस्थित नेपाली दुतावासका अनुसार टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् ।

उक्त टोली नेपालमा ८० दिन रहनेछ ।

टोलीले गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोभिड–१९ विरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनका खोप सहयोगस्वरुप प्राप्त गर्ने भएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास लगायतले आरोही टोलीलाई बहराइन एयरपोर्टमा शुभकामनासहित बिदाइ गरे । उक्त अवसरमा बहराइन आर्मीका बिग्रेडियर घार्ली मुबारक पनि सहभागि थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *