प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउने प्रचण्डको प्रयास, छलफल निरन्तर – Nepal Press

प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउने प्रचण्डको प्रयास, छलफल निरन्तर

काठमाडौं । नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।

प्रचण्डले एमालेमा गएका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहेको ती नेताले बताए । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।

शाह र चौधरी अहिलेको सरकारमा पनि छन् । शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर