बिनाप्रसंग कमल थापामाथि संग्रौलाको छुद्र गाली – Nepal Press

बिनाप्रसंग कमल थापामाथि संग्रौलाको छुद्र गाली

काठमाडौं । लेखक खगेन्द्र संग्रौला आफ्नो तीखो लेखनशैलीका लागि चिनिन्छन् । तर, आलोचकहरूले उनलाई ‘गाली शिरोमणी’ को संज्ञा दिने गरेका छन् ।

संग्रौला सामाजिक सञ्जालमा समेत सक्रिय छन्, जहाँ उनले अधिकांस नकारात्मक प्रतिक्रियाहरूको सामना गर्नुपर्छ । तर, पनि उनले आफ्नो शैलीमा कत्ति पनि बदलाव ल्याएका छैनन् ।

सोमबार संग्रौलाले एउटा आलोचित ट्वीट गरे, जसमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई तल्लोस्तरको गाली गरेका छन् । उनले थापालाई ‘बाँदर’को संज्ञा दिएका छन् ।

संग्रौला लेख्छन्, ‘जंगलम नर बन्ने प्रक्रियामा ल्याकत नपुगेर मान्छे बन्न सकेका बाँदर भएझैं समाजमा गणतन्त्रवादी बन्ने प्रक्रियामा ल्याकत नपुगेर गणतन्त्रवादी बन्न नसकेका मण्डलेरुपी बाँदर छन् । यी जंगललका र समाजका फरक मुखाकृति भएका बाँदरलाई देख्दा मलाई हुलुक्क हाँस उठ्छ । बरा दुखिया मान्यवर कमले मण्डले ।’

यसरी बिनाप्रसंग कमल थापालाई छुद्र गाली गरेपछि संग्रौलाले नमिठा प्रतिक्रियाहरुको सामना गर्नु परेको छ । उनलाई विदेशी दलालदेखि ‘जड्याहा’ सम्मका उपमा दिइएको छ । संग्रौलाको ट्वीटमा कमल थापाको प्रतिक्रिया भने आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर