सफ्टवेयरको सोर्स कोड नक्कल गरी बिक्री गर्ने ३ जना पक्राउ – Nepal Press

सफ्टवेयरको सोर्स कोड नक्कल गरी बिक्री गर्ने ३ जना पक्राउ

काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरी अनुचित कार्य गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा दाङको लमही नगरपालिका-५ का बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५ का श्यामबहादुर चौधरी र नवलपरासीपूर्वको कावासोती नगरपालिका-७ का शंकर ज्ञवाली छन् ।

उनीहरूले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन प्रालि नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसको नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई सफ्टवेयर बिक्री गरेको पाइएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनैजना प्रिफेस टेक्नोलोजीका सञ्चालकहरू हुन् । फरार अन्य सञ्‍चालकहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएकालाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर