सलमान खानका भाइ सोहेलले नेपाली फुटबलको प्रवर्द्धनमा सघाउने (भिडियो) – Nepal Press

सलमान खानका भाइ सोहेलले नेपाली फुटबलको प्रवर्द्धनमा सघाउने (भिडियो)

काठमाडौं- बलिउड अभिनेता सलमान खानका भाइ सोहेल नेपाल सुगर लिगका सद्भावना दूत घोषित भएका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खानलाई दूत घोषणा गरिएको थियो । सोमबार एक भिडियो सन्देश जारी गर्दै सोहेलले आफूलाई एम्बेसडर नियुक्त गरिएकोमा खुशि लागेको बताएका छन् ।

स्वास्थ्य र खेलकुदमा योगदान दिनु आफ्नो इच्छा रहेको र सुपरलिगमार्फत आफूले सक्दो भूमिका खेल्ने जानकारी सोहेलले दिएका छन् । आफ्ना नेपाली मित्र एवं चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत सोहेलले भिडियो सन्देश जारी गरेका हुन् ।

बैशाख ११ गतेदेखि सुरु हुने सात टीम समूह यो फ्रेन्चाइज फुटबलमा भाटभटेनी सुपरमार्केट, ग्लोबल आइएमइ बैंक, लक्ष्मी ग्रुप र मोरङ अटो वक्र्स तथा भिजन सेक्युरिटिजको संलग्नता छ ।

सोहेल गतवर्ष आफ्ना दाजु एवं अभिनेता सलमानको नेपाल कन्सर्टको तयारीका लागि काठमाडांैंमा आएका थिए । सन् १९९७ को एक्सन फिल्म ‘औजार’बाट बलिउडमा करियर सुरु गरेका सोहेलले आफ्ना दाजुहरु सलमान र अरबाजलाई लिएर फिल्म प्यार किया तो डरना किया र हेल्लो ब्रदर निर्देशन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *