बम विस्फोटपछि मालपोत कार्यालय ठप्प – Nepal Press

बम विस्फोटपछि मालपोत कार्यालय ठप्प

जनकपुरधाम । बम विस्फोटपछि मालपोत कार्यालय लहान ठप्प भएको छ । विस्फोटले कार्यालयमा क्षति पुगेकाले तत्काल सेवा प्रदान गर्न नसकिने कर्मचारीहरू बताउँछन् ।

कार्यालय प्रमुख दिपेन्द्र चौधरीका अनुसार बमले तीनवटा काउन्टर ध्वस्त पारेको छ । घाइतेहको रगतले कार्यालय रगताम्मे छ । प्रहरीसंग सल्लाह गरेर कार्यालय सफाइ भइरहेको उनले बताए । कार्यालयमा बिजुलीको लाइन अवरुद्ध छ ।

चौधरीले नेपाल प्रेससंग भने– अहिले नै कार्यालय कहिलेदेखि संचालनमा आउँछ भन्न सकिँदैन ।

आइतबार दिउसो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले कार्यालयको पहिलो तलाको मोठ शाखामा बम विस्फोट गराउदा एक कर्मचारीसहित ८ जना घाइते भएका छन् ।

गम्भीर घाइते दिनेश भण्डारीलाई उपचारका लागि हेलिक्टरबाट काठमाडौं लगिएको छ भने कार्यालयको नायब सुब्बा शिवकुमार यादवलाई विराटनगर लगिएको छ । अन्य घाइतेको उपचार लहानमा भइरहेको छ ।

एक यूवकले बम राखेको खुलेको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णहरी निरौलाले भने– कार्यालयमा रहेको सिसि क्यामेरामा बम राख्नेको अनुहार कैद भएको छ । सो आधारमा लहान प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *