क्यान इन्फोटेक मेला बैशाख अन्तिममा – Nepal Press

क्यान इन्फोटेक मेला बैशाख अन्तिममा

काठमाडौं । कम्युटर्स एशोसियन अफ नेपाल (क्यान)ले यो वर्षको ‘क्यान इन्फोटेक २०२१’ आगामी २०७८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

२० वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित अन्तर्राष्ट्रिय सूचनाप्रविधि सम्मेलनसमेत गर्दै आएको क्यानले गत बर्ष कोभिडका कारण सूचना प्रविधि सम्वन्धी मेला क्यान इन्फोटेक आंशिकरुपमा आयोजना गरेको थियो । काठमाडौं सहित ७ प्रदेशको ९ स्थानमा मेला सञ्चालन गर्दै आएको महासंघले गत बर्ष काठमाडौं सहित ५ प्रदेशमा ७ क्यान इन्फोटेक आयोजना गरेको थियो ।

ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धी रोजगार केन्द्र क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने आयोजकले जनाएको छ ।

जसमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्न सक्नेछन् ।

आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल लगायतले क्यान इन्फोटेकमा सहभागित जनाउने संघले जनाएको छ ।

गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने संघको अपेक्षा छ ।
यस पटकको इन्फोटेकमा प्रवेश टिकट लाई पेपरलेस वनाइएको छ भने इन्फोटेक २०२१ का लागि मिति २०७७ चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ्ग समेत खुल्ला गरिने क्यानले जनाएको छ । २७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे ले गरेको छ, सह–प्रायोजन वल्र्डलिंक कम्युनिकेशनको छ ।

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग सम्वन्ध स्थापना गर्न सहयोग गर्ने संघले अपेक्षा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर