सेलिना योल्मोको पहिलो गीत ‘छोरी’ सार्वजनिक – Nepal Press

सेलिना योल्मोको पहिलो गीत ‘छोरी’ सार्वजनिक

काठमाडौं । गायिका सेलिना योल्मोले “छोरी” नामको आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । योल्मो आफैंको रचना रहेको गीतमा उत्पाल कँडेल र निर्भाना विष्टले पनि सहयोग गरेका छन् ।

कँडेलले योल्मोको गीतमा संगीत भरेका छन् भने विष्ट गितारवादक हुन् । सागर तामाङ्गले गीतको भिडियो निर्देशन र सम्पादन गरेका छन् ।गायिका योल्मोका अनुसार उनको पहिलो गीत समाजमा महिलाले भोग्ने तितामिठा घटनाहरूबाट प्रेरित छ ।

शब्दले एउटा छोरीको सपना साकार गर्न उसको परिवार र समाजले बिरलै सर्मथन गर्ने बरु उल्टै रुढीबादी सोच, विवाह र घर परिवारप्रतिको दायित्वले जेलिने समाजको यथार्थलाई गीतमा उतारेको उनी बताउँछिन् ।

गीतको माध्यमबाट योल्मोले एउटा छोरीले देखेको सपना साकार गरिदिन उमाथि विश्वास गर्न र उनलाई केबल एउटा आमा, श्रीमती वा छोरीको भूमिकामा मात्र नहेरिदिन आग्रह गर्न खोजेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *