‘बीबीसी मास्टर सेफ’ उपविजेता साहलाई जनकपुरमा भव्य स्वागत, ५१ किलोको माला – Nepal Press

‘बीबीसी मास्टर सेफ’ उपविजेता साहलाई जनकपुरमा भव्य स्वागत, ५१ किलोको माला

जनकपुरधाम । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई स्थानीय युवाले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । साथै युवाहरुले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् ।

बेलायतमा बस्दै आएका साह फागुन १३ गते काठमाडौं आइपुगेका थिए । १७ दिन काठाडमौं बसेर उनी पुख्र्यौली घर जान लागेका हुन् ।

साहलाई लिन ९५ वर्षीया आमा सोमरीदेवी, दाइ, भाउजू र भतिजी जनकपुर विमानस्थल पुगेका थिए । साहले आमाको नजिक पुगेलगत्तै अंगालो मारे । त्यसपछि आमा र भाउजूले आरति गर्दै टीका लगाइदिए ।

स्वगतपछि उनी कुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘म यो पेसाप्रतिको सोच परिवर्तन होस् भन्ने चाहन्छु । र यसकै लागि म नेपाल आएको छु ।’


प्रतिक्रिया

One thought on “‘बीबीसी मास्टर सेफ’ उपविजेता साहलाई जनकपुरमा भव्य स्वागत, ५१ किलोको माला

  1. के तमासा हो यो फेरि अति गर्नु अतिसार नगर्नु औचित्य रहने गरि गर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर