नीफ्राले आर्थिक वर्षभित्रै ‘लन्डन स्टक एक्सचेञ्ज ‘मा ३० मिलियनको बोन्ड जारी गर्ने – Nepal Press

नीफ्राले आर्थिक वर्षभित्रै ‘लन्डन स्टक एक्सचेञ्ज ‘मा ३० मिलियनको बोन्ड जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) का लगनीकर्ताले  प्रतिफलमा चिन्ता गर्नु नपर्ने यसका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् ।

उनले भने ‘नीफ्रा ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित भएको हो । नीफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता लिनु पर्दैन ।’

यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो । एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं ।’ नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ‘लन्डन स्टक एक्सचेन्ज’मा बोन्ड जारी गर्ने पनि उनले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै ‘लन्डन स्टक एक्सचेञ्ज’मा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।’ उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए ।

लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

उनले नीफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए ।

नीफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरि बोन्ड तयार गरिएको छ ।

त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर