माओवादी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा प्रवेश – Nepal Press

माओवादी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा प्रवेश

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको नाम फेर्ने प्रस्ताव आजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा पेश भएको छ । बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ ।

सोही एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको केन्द्रीय सदस्य शिवबहादुुर बस्नेतले जानकारी दिए । पार्टीको नाम के राख्ने भन्ने चाहिँ प्रस्ताव गरिएको छैन ।

माओवादीभित्र नेकपा (समाजवादी) वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।

पद छाड्ने तर ओली नछाड्ने १३ माओवादी सांसदमाथि कारबाही प्रस्ताव

माओवादी केन्द्रको बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ । यो बैठकले ती नेताहरूलाई निष्कासन गर्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर