लगातार शेयर ओरालोतर्फ, लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा – Nepal Press

लगातार शेयर ओरालोतर्फ, लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से  ५१.२३ अंकले घटेर २४०७.२६ विन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै क बर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १०.१० अंकले घटेको छ ।

यस्तै आज भएको २११ कम्पनीको कारोबारमा  ९९ लाख ३ हजार ७०४ कित्ताको किनबेच भएको छ । यसमा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

लामो समयदेखि बढेको शेयर कारोबार केही समयदेखि लगातार घटेको छ । देशको परिवर्तित राजनीति परिघटनाले शेयर ओरालो लागेको बताउँछन् सरोकारवाला । अहिले  लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको लगानीकर्ता उत्तम शर्मा बताउँछन् ।

आज अपर तामाकोसीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । तामाकोसीको शेयर  कारोबार  ४४ करोड रुपैयाँ बराबरको  भएको छ । यसैगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोबार २७ करोड रुपैयाँ बराबरको भएको छ ।

नविल बैंकको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज चन्द्रागिरि हिल्सको शेयर मूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ । यसैगरी अपर तामाकोसीको शेयर मूल्य ९ प्रतिशतले नै बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *