‘छक्का पञ्जा ३’ सर्वोत्कृष्ट, नायक-नायिकामा बिपिन र मेनुका – Nepal Press
‘छक्का पञ्जा ३’ सर्वोत्कृष्ट, नायक-नायिकामा बिपिन र मेनुका
दशौं नेफ्टा फिल्म अवार्ड
नेपाल प्रेस २०७७ फागुन २९ गते २२:५१
२०७७ फागुन २९ गते २२:५१

काठमाडौं- फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै ‘छक्का पञ्जा ३’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएको छ । वर्ष २०७५ मा प्रदर्शन भएका फिल्मलाई अवार्ड प्रदान गरिएको हो ।

व्यवसायिकरुपमा सफल यो कमेडी र सोसल ड्रामाबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा पनि बाजी मारे ।

माग्ने बुढाको रुपमा चर्चित केदारप्रसाद घिमिरेले पनि यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । निर्देशन विधामा जितेपछि निरौलाले दर्शकलाई धन्यवाद दिइन् भने अवार्डले ऊर्जा भरेको बताइन् । छक्का पन्जाको तेस्रो सिरिजलाई पपुलर फिल्मको अवार्ड पनि दिइयो ।

बिपिन कार्की फिल्म ‘प्रसाद’बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए । मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा बाजी मारिन् । साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।

फिल्म प्रसादले संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मार्‍यो । यो फिल्मले छक्का पञ्जा ३ सँग जितमा बराबरी गर्‍यो । ३६ विधाका विजयीलाई उपराष्ट्रपति नन्दबहादुर पुनसहितका अतिथिले अवार्ड प्रदान गरे ।

विजयी सूचि यस्तो छ :

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३

कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३

समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई दीर्घ साधना सम्मान प्रदान गरियो । नगद ५१ हजार १११ रुपैयाँ र ताम्रापत्र उपराष्ट्रपति पुनले हस्तान्तरण गरे ।

सोल्टी क्राउन प्लाजामा आयोजित अवार्ड समारोहमा अभिनेता अभिनेत्रीसहितका कलाकारले नृत्य एवं गायन प्रस्तुत गरेका थिए । कोरोना भाइरस महामारीका कारण २०७५ सालको अवार्ड अहिले वितरण गरिएको हो । चलचित्र प्राविधिक संघ नेफ्टाले अवार्ड आयोजना गरेको हो ।

ड्रीम हाइ नेपालको प्रस्तुतिमा अवार्ड सम्पन्न भएको हो । भाइरस महामारीपछि पहिलोपटक यति वृहतरुपमा नेपाली फिल्म अवार्ड आयोजना भएको हो ।