प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ बजारमा – Nepal Press

प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ बजारमा

काठमाडौं । सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ आजदेखि बजारमा आएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तकको विमोचन गरेका छन् । भौतिक विकास मात्र नभई मानवीय, आर्थिक र सामाजिक विकास समृद्धिको मानक भएको विषय पुस्तकमार्फत उठान गरिएको छ । साथै सुशासनमा जोड दिँदै राजनीतिक नेतृत्वले विगतको पाठ सिक्दै गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने सुझाइएको छ ।

लेखकले यो पुस्तक मात्र नभएर समृद्धिको अभियान पनि भएको बताएका छन् । ‘विकास र समृद्धिको लागि विज्ञानको आवश्यकतालाई यसले वकालत गरेको छ’, विकल्पले भने ।

विमोचन कार्यक्रममा पुस्तकमाथि लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले टिप्पणी गरे ।

सो पुस्तक इन्डिगो इङ्कले प्रकाशन गरेको हो । ‘देश किन बनेन ?’ पुस्तक ल्याइसकेका विकल्पले दोस्रो सिर्जनाको रूपमा ‘समृद्धिको रोडम्याप’ पस्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर