कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’ – Nepal Press

कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’

कैलाली । कञ्चनपुरमा एक किशोरीमाथि अपहरणपछि ‘सामुहिक बलात्कार’ भएको छ । प्रहरीका अनुसार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीको शुक्रवार अपहरणपछि सामुहिक बलात्कार भएको हो ।

शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा किशोरी बेपत्ता भएकी थिइन् । आफन्तले प्रहरीलाई खबर गरेपछि राति ११ बजे किशोरी फेला परेकी छिन् ।

मोटरसाइकलमा आएका ३ जना युवकहरूले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कारपछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘उहाँले आफूमाथि सामुहिक बलात्कार भएको भन्नुभएको छ । घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर