च्यासल पुगेर बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी – Nepal Press

च्यासल पुगेर बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

काठमाडौं । करीब चार दशक माओवादी धारको राजनीति गरेका रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका बादलले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

बादलले एमालेको प्रदेश इन्चार्जको जिम्मेवारी औपचारिक रुपमा सम्हालेको अवसरमा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा पुगेका थिए ।

आजै संगठन विभाग प्रमुख र प्रदेश इन्चार्जको उपस्थितिमा प्रदेश पदाधिकारीको बैठक बसिरहेको अध्यक्ष पोखरेलले बताए ।


प्रतिक्रिया

2 thoughts on “च्यासल पुगेर बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

  1. समानुपातिक बाहेक सबै ठुला राजनीतिक दलहरुका उच्च नेतृत्व तहमा अझै महिला कम्रेडहरुको सहभागीता सुन्य

  2. जबजका लज्जाहीन जन्ती। आफ्नै सपनामा मलामी।

Leave a Reply to Janak Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर