एमालेमा माधव नेपाल पक्षले थाल्यो समानान्तर कमिटीको अभ्यास (सूचीसहित) – Nepal Press

एमालेमा माधव नेपाल पक्षले थाल्यो समानान्तर कमिटीको अभ्यास (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौति दिँदै समानान्तर अभ्यास थालेको छ ।

बैठकमा संस्थापन पक्षले कारवाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका छन् ।

आजै एमालेका माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज सहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको हो ।

नेपाल पक्षले तोकेका इन्चार्ज यसप्रकार छन्

प्रदेश १ : भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
वागमती : अष्टलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली
सुदूरपश्चिम : भीम रावल
युवा इन्चार्ज : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजीवी : प्रमेश हमाल
प्रचार विभाग प्रमुख : योगेश भट्टराई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर