नारायणकाजीको प्रष्टीकरण : भीम रावल व्यक्तिगत कामले पेरिसडाँडा आएका हुन् – Nepal Press

नारायणकाजीको प्रष्टीकरण : भीम रावल व्यक्तिगत कामले पेरिसडाँडा आएका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेका बेला शनिवार बिहान नेकपा एमालेका उपाध्यक्ष भीम रावल पेरिसडाँडा पुगेपछि फेरि प्रचण्ड-माधव पक्ष मिल्न लागेको हल्ला चल्यो ।

केहीबेर माओवादी नेताहरुसँग भेटेर फर्किएका रावल नयाँ बानेश्वरको अर्याल होटलमा माधव नेपाल पक्षको बैठकमा सहभागी भएका छन् । एमाले अध्यक्ष ओलीले पार्टीमा जिम्मेवारी हेरफेरपछि नेपाल पक्ष अप्ठेरोमा परेको बेला रावलको पेरिसडाँडा प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भीम रावल व्यक्तिगत कामले पेरिसडाँडा आएको बताए । श्रेष्ठले रावल सत्ता समीकरण र पार्टी एकताबारे छलफल गर्न नआएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

One thought on “नारायणकाजीको प्रष्टीकरण : भीम रावल व्यक्तिगत कामले पेरिसडाँडा आएका हुन्

  1. ब्केयाक्तिगत काम भनेको कस्तो चामल फिर्ता गर्न कि नुन माग्न, पैसा सापटी कि पार्टी ??? जे नि पत्याउनु पर्ने ???

Leave a Reply to Ghanendra Pasad Rijal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर