माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, एमाले विवाद पनि एजेण्डा – Nepal Press

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, एमाले विवाद पनि एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रम र केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्न शनिबार बिहान नौ बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक डाकेको माओवादी नेता गणेश साहले जानकारी दिए ।

बैठकमा एमालेभित्र बढेको विवादका विषयमा पनि छलफल हुने बताइएको छ । सँगै नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने साहले बताए ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियाे । माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–माधव नेपाल मिलेर आन्दोलन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर