नेपाल समूहको निर्णयः माथिदेखि तलसम्म समानान्तर कमिटी – Nepal Press

नेपाल समूहको निर्णयः माथिदेखि तलसम्म समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले आज पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

एक नेताका अनुसार माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ ।

ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै पूर्वमाओवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने निर्णय लिएको हो ।

चैतको पहिला साता समानान्तर कमिटीहरु घोषणा गर्ने निर्णय भएको स्रोतले बतायो । साथै शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ ।

‘ओलीले यस्तै गतिविधि जारी राखेमा बृहद भेला बोलाएर औपचारिक विभाजन गर्नेसम्मको रणनीति बनाइएको छ,’ स्रोतले भन्यो ।


प्रतिक्रिया

One thought on “नेपाल समूहको निर्णयः माथिदेखि तलसम्म समानान्तर कमिटी

  1. सक्किने मेसोपोटामिया भनेको यहि होला

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर