सहकारी विकास बोर्डद्वारा सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग – Nepal Press

सहकारी विकास बोर्डद्वारा सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४ रोपनी जग्गा सस्तो मूल्यमा दिएको भन्दै विरोध भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सीजीलाई ३० वर्षका लागि १४ रोपनी जग्गा लिजमा दिने सम्झौता भंग गरिएको हो ।

बोर्डले २०७१ साल माघ ४ गते सीजी डेभलपर्सलाई लिजमा दिएको थियो । सीजीले सम्झौता बमोजिम नक्सा पास नगरी जग्गा ओगटेरमात्रै राखेन, कबुल रकम पनि दिएन । ‘जसले हालसम्म बोर्डलाई करोडौं रकम घाटा भएको छ,’ बोर्डको निर्णयमा भनिएको छ ।

सम्झौताको पालना गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि बोर्ड सम्झौता भंग गर्न बाध्य भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर