कांग्रेससँग छलफलपछि ठाकुरले भने- मुद्दा फिर्तादेखि नागरिकतासम्मका एजेन्डा राख्यौं – Nepal Press

कांग्रेससँग छलफलपछि ठाकुरले भने- मुद्दा फिर्तादेखि नागरिकतासम्मका एजेन्डा राख्यौं

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले कांग्रेससँग मिलेर जाने विषयमा छलफल भएको बताएका छन् । देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका नेताहरुसँग भएको छलफलमा उनले आफ्नो पार्टीका एजेन्डाहरु राखेको जानकारी दिए ।

‘जेलमा भएका साथिहरु छोड्नुपर्ने, नागरिकताको समस्या सामाधान हुनुपर्ने, पार्टीका कार्यकर्तामाथिका मुद्धा फिर्ता हुनुपर्ने लगायतका एजेन्डा हामीले राखेका छौं, उहाँहरुले सकारात्मकरुपमा लिनुभएको छ,’ ठाकुरले भने ।
सरकार बनाउने विषयमा कुनै छलफल नभएको उनले बताए ।

भवि प्रधानमन्त्रीको लागि तपाईंको नाम चर्चामा छ नि भनि गरिएको प्रश्नमा ठाकुरले भने– ‘यस्तो राम्रो खबरका लागि तपाईंहरुलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’
सरकारको बारेमा माओवादीसँग पनि छलफल गर्ने उनले बताए ।

ठाकुरलाई माओवादी, कांग्रेस र एमाले सबैसँग छलफल गर्नुभयो कोसँग तपाईंहरुको सहमति नजिक छ त भन्दा उनले मुस्कुराउँदै कटाक्ष गरे– ‘हाम्रोलागि सब ओली सरकार नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *