नेपाल पक्षको प्रतिक्रियाः ओलीले षडयन्त्र गरे, प्रतिवाद हुन्छ – Nepal Press

नेपाल पक्षको प्रतिक्रियाः ओलीले षडयन्त्र गरे, प्रतिवाद हुन्छ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेता अमृतकुमार बोहोराले एमालेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयप्रति आपत्ति जनाएका छन् । ओलीले चालेको यो कदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गरिने उनले बताए ।

नेपाल प्रेससित कुरा गर्दै नेता बोहोराले भने, ‘पार्टी मिलाउनु त कता हो कता, ओलीले निहुँ खोज्ने काम गरे । हामी त्यसको सामनासँगै प्रतिकार गर्छौं ।’

सर्वोच्च अदालतको फैसलापछि एमाले एक हुने सम्भावना हुँदाहुँदै अध्यक्ष ओली पेलेरै अघि बढ्न खोजेको उनको आरोप छ ।

‘ओलीले हामीलाई सिध्याउनै खोजेका छन्, तर त्यस्तो हुँदैन । हामी सल्लाह गरेर अघि बढ्छौं,’ बोहोराले भने ।

एमालेको ओली पक्षले माधव नेपाल पक्षलाई बाइपास गर्दै केन्द्रीय कमिटी विस्तारसँगै तथा विभिन्न कमिटी पुनर्गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर