‘योङ्ग ग्लोबल लिडर’मा नेपालका निर्वाण चौधरी छनौट – Nepal Press

‘योङ्ग ग्लोबल लिडर’मा नेपालका निर्वाण चौधरी छनौट

काठमाडौं । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरी ‘वर्ल्ड इकोनोमिक फोरम’ अन्तर्गतको ‘योङ्ग ग्लोबल लिडर्स फोरम क्लास-२०२१’ का लागि छनौट भएका छन् ।

यस फोरममा १२० भन्दा बढी मुलुकका १४०० सदस्य तथा पूर्व सदस्य छन् । हरेक वर्ष विश्वभरबाट चुनिने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छनौट भएका छन् ।

आफ्नै क्षमता तथा मेहनतले विश्वमा सकारात्मक प्रभाव पार्न सफल भएका युवाहरूलाई छनौट गरी विश्व आर्थिक मञ्चले नेतृत्व विकास लागि फोरम प्रदान गर्दै आएको छ ।

‘वर्ल्ड इकोनोमिक फोरम’का संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले सन २००४ मा स्थापना गरेको यो संस्थाले विश्वव्यापी आर्थिक समस्या तथा त्यसका लागि समाधानका उपायहरूको खोजी गर्दै आइरहेको छ ।

यसका सदस्यहरूमा ‘ग्लोबल फर्च्युन ५००’ का प्रमुख, नोवल तथा ओस्कार विजेता र राष्ट्र संघका सद्‍भावना दूत लगायतको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *