प्रधानमन्त्री भेट्न जसपाका ५ शीर्ष नेता बालुवाटार जाँदै – Nepal Press

प्रधानमन्त्री भेट्न जसपाका ५ शीर्ष नेता बालुवाटार जाँदै

काठमाडाैं। फेरिएको परिस्थतिमा नयाँ सत्ता सहकार्यबारे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल हुने भएको छ।

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बेलुकी साढे पाँच बजे छलफल हुन लागेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य  थापाले जानकारी दिए। प्रधानमन्त्री भेट्न जसपाका शीर्ष पाँच नेता बालुवाटार जाने भएका हुन् ।

बालुवाटार जाने नेताहरुमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई रहेका छन् । भावी सत्ता सहकार्यका लागि छलफल गर्न नेकपा एमाले र जसपा नेताहरु रहेको कार्यदल समेत बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर