सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ ट्रेलर रिलिज, ६ भाषामा फिल्म प्रदर्शन गर्ने तयारी – Nepal Press

सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ ट्रेलर रिलिज, ६ भाषामा फिल्म प्रदर्शन गर्ने तयारी

काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’को अफिसियल ट्रेलर लन्च भएको छ । यो ग्याङस्टर ड्रामामा शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको समेत मुख्य भूमिका छ ।

चैत २७ गते प्रदर्शन हुने फिल्मले अपराधीलाई समात्नका लागि हुने जासुसी मिसनको कथा भन्छ । मुकुन्द भट्टको निर्माण एवं निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।

विहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् ।

यूरोपसहित अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्मको बजेट ३ करोड माथि रहेको जनाइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।

निर्देशक भट्टले फिल्म निर्माण गर्न गाह्रो भएको बताउँदै कोभिडपछि आफूहरु जोखिम मोल्न तयार भएको बताए ।


प्रतिक्रिया

One thought on “सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ ट्रेलर रिलिज, ६ भाषामा फिल्म प्रदर्शन गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *